बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार

२४ वैशाख धनगढी
बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार २ कफलकोटका ३४ वर्षको महेश महराले आफ्नी श्रीमती ३२ वर्षिया बसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन् । आइतबार अपरान्ह घरको आगनमा गहुँ चुट्ने क्रममा बसन्तीमाथि चक्कु प्रहार भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
चक्कु प्रहारबाट बसन्तीको कम्मरमा चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ । बसन्तीका श्रीमान महेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply