कैलालीमा दलित अधिकारका लागि एकीकृत आन्दोलनकाे बृहत जागरण सभा सम्पन्न

मनिसा सुनार
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका स्थिति लम्की बजारमा जेठ ४ गते बृहत दलित अधिकारका लागि एककृत आन्दोलन नेपालकाे बृहत जनसभा विशेष कार्यक्रमका साथ भएको छ । दलित अधिकारका लागि एकीकृत आन्दोलन अभियानका संयोजक खगेन्द्र सुनारले अहिले पनि दलितहरु माथिको अत्याचार नरोकिएकोले दलित आन्दोलनले जस्तो सुकै मूल्य चुकाउन दलित समुदाय अब पछि नहट्ने चेतावनी दिए ।

दलित अधिकारका अभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र सुनारले पटक पटक परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर गरे ।


दलित अधिकारका लागि एकीकृत आन्दोलनका लम्कीचुहा नगरपालिका चन्द्र बिकको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि दलित अधिकारका लागि एकीकृत आन्दोलनका संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि आन्दोलन प्रमुख गम्भीर सिंह भुल, सुर्खेत जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका शान्ति विसुङ्गे, अछामबाट प्रतिनिधित्व गर्दै आएका मिनबहादुर सुनार,जङकर नेपाली, बाँकेबाट प्रेम वैगार बुद्धिजीवी समाजसेवी लगायत हजारौंको उपस्थिति रहेकाे थियोे ।
दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने दलित अगुवाहरुको चेतावनी दिए ।
हजारौंको संख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो पहिचान र संस्कृति झल्किने गरी बाजागाजा सहित लम्की बजार परिक्रमा गर्दै सभास्थल पुगेका थिए ।
कार्यक्रममा कलाको प्रस्तुति प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा विशेष व्यक्तित्व लगायतको सहमभागिता समेत थियो ।
उक्त कार्यक्रमको मुख्य उदेश्य दलितहरूका अस्थायी लालपुर्जालाई हरेक ब्यक्ति लाई १० लाखसम्मको बीमा हरेक ठाउँमा राज्यले अनिवार्य रुपमा प्रतिनिधित्व गराउनु पर्ने
१३.८%का दरले राज्यका विभिन्न स्थानमा सुशासन व्यवस्थाहरूमा दलितहरूलाई अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने लगायतका मागहरू रहेकाे आन्दोलन प्रमुख सभाका अभियानता गम्भीर सिंह भुलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply