काठमाडौंमा मंगलायतन विश्वविद्यालयको दुईदिने शैक्षिक मेला सुरु, विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरको ढोका खुला

खेमराज भट्ट,जेठ २२

काठमाडौँ-भारतको उत्तर प्रदेशस्थित प्रतिष्ठित Mangalayatan University ले काठमाडौंमा दुईदिने शैक्षिक मेला सुरु गरेको छ। काठमाडौँस्थित Hotel Everest मा शुक्रबारदेखि सुरु भएको यो मेला शनिबारसम्म सञ्चालन हुने छ।

मेलाको उद्घाटनसँगै विश्वविद्यालयले आफ्ना विविध शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा भविष्य निर्माणसँग सम्बन्धित विस्तृत जानकारी विद्यार्थी तथा अभिभावकलाई उपलब्ध गराइरहेको छ। आयोजकका अनुसार मेलामा सहभागीहरूले प्रत्यक्ष रूपमा विशेषज्ञहरूसँग परामर्श लिने सुविधा समेत पाएका छन्।

मेलास्थलमा विश्वविद्यालयको प्रतिनिधिमण्डलले स्टल नम्बर B-7 मार्फत इन्जिनियरिङ, पोलिटेक्निक, एप्लाइड साइन्स, बायोटेक्नोलोजी, बायोमेडिकल, नर्सिङ, प्यारामेडिकल, व्यवस्थापन, कला तथा शिक्षा संकायका कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गरिरहेको छ। विशेषगरी यी कार्यक्रमप्रति विद्यार्थीहरूको उत्साहजनक चासो देखिएको आयोजकले जनाएको छ।

NAAC A+ मान्यता प्राप्त Mangalayatan University ले भारतको अलीगढमा ७२ एकड क्षेत्रफलमा फैलिएको आधुनिक क्याम्पसमार्फत अनुसन्धानमुखी तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको छ। विश्वविद्यालयले विद्यार्थीको भविष्य सुनिश्चित गर्न प्लेसमेन्ट र करियर विकास कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।

नेपालका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा विभिन्न छात्रवृत्ति योजनाबारे जानकारीसँगै निःशुल्क करियर काउन्सिलिङ सेवा समेत उपलब्ध गराइएको छ। यसले उच्च शिक्षा छनोटलाई अझ सहज, स्पष्ट र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

आयोजकले काठमाडौं उपत्यकाका विद्यार्थी तथा अभिभावकलाई मेलामा सहभागी भई अन्तर्राष्ट्रिय स्तरका शैक्षिक अवसरबारे प्रत्यक्ष जानकारी लिन आग्रह गरेको छ।

थप जानकारीका लागि:
+91-9690555055
+91-9661228524
9851124367
9843059536

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply