हावाहुरीका कारण बैतडीका दुई विद्यालयमा क्षति

८ जेठ धनगढी
हावाहुरीका कारण बैतडीका दुई विद्यालयमा क्षति भएकाे छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित जबलपुर मावि सैलोडा र शिवनाथ गाँउपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयमा हावाहुरीले क्षति गरेकाे हाे । हावाहुरीका कारण दुबै विद्यालयमा १० लाखभन्दा बढीकाे क्षति भएको जनाएको छ ।

जबलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताउनुभयाे । सोमबार राति आएको हावाहुरीले विद्यालय भवनको छाना उडाउनुका साथै दुई कोठे शौचालयको छानो समेत उडाएको छ । यस्तै मल्टिस्टोर भवनमा पनि हावाहुरीले क्षति पुर्याएको छ भने विद्यालयमा राखिएको सोलारमा समेत क्षति पुगेको छ । हावाहुरीले छानो उडाउँदा विद्यालय भवन पुननिर्माणमा १० लाख लाग्न सक्ने प्रधानाध्यापक घोटाले बताउनुभयाे । छानो उडाएको भवनमा भूकम्प आएको बेला पर्खालहरु चर्किएको थियो ।

हावाहुरीले छानो उडाएपछि उक्त भवन पुरै नयाँ बनाउनुपर्ने अवस्था आएको छ । आधारभूत तहका कक्षा ३ र ४ का विद्यार्थी बस्ने भवनमा हावाहुरीले क्षति पुर्याएपछि पठनपाठनमा समस्या भएको छ । यस्तै आधारभूत तहका विद्यार्थीहरुले प्रयोग गर्दै आएको शौचालयको समेत छानो उडाएपछि बालबालिकाहरुलाई समस्या भएको छ । यस्तै शिवनाथ गाँउपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक बिद्यालयको छानो हावाले उडाएको छ । हावाहुरीले बिद्यालयको दुईकोठे भवनको छानो उडाएको प्रधानाध्यापक भान बहादुर चन्दले बताउनुभयो ।

हावाहुरीका कारण जस्तापाताले छाएको छानो उडाउदा करिब २ लाख वरावरको क्षति भएको प्रधानाध्यापक चन्दले बताउनुभयो। हावापुरीले अन्य दुई कोठामा पनि समान्य क्षती पुर्याएको उहाँले बताउनुभयो । बिद्यालयको छानो मर्मतका लागि स्थानीय सरकारसगं आग्रह गरिने बिद्यालयले जनाएको छ। बिद्यालयको छानो हावापुरीले उडाउदा पठनपाठनमा समस्या भएको बिद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply