एसईई आइडल -३ प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिताको फाइनल असार १ गते धनगढीमा हुँदै

१२ जेठ धनगढी

एसईई आइडल–३ सुदूरपश्चिम प्रदेश स्तरीयआयाेजित नृत्य तथा गायन प्रतियोगिताको फाईनल यही असार १ गते धनगढीको ओम प्यालेसमा हुने भएको छ ।

प्रभात मिडिया एण्ड ईभेन्ट प्रालि धनगढीले आयोजना गरेको सो प्रतियोगितामा सेमिफाईनलबाट छानिएका करिब ३३ जना विद्यार्थीले फाइनलमा भाग लिने प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले निशाना न्युजलाई जानकारी दिए ।

फाईनल बिजेतालाई गायन तर्फ ५० हजार, नृत्य तर्फ ५० हजार पुरस्कार राशि रहेको उनले बताए । उपबिजेताका लागि दुबै बिधामा जनही २५ हजार रासीको पुरस्कार रहेको उनले बताए । गायन र नृत्यका दुबै बिजेता, उपबिजेताका ४ जनाका लागि ११ र १२ कक्षासम्म पूर्ण छात्रबृतीको समेत व्यवस्था गरेको उनको भनाइ छ ।

एभरेष्ट एकेडेमी स्कुलमा एसईई दिएर बसेकी अन्जली ताम्राकार नृत्यबाट सेमिफाइृनलमा पुगेकी छन । यही असार १ गते हुने फाइनलमा प्रस्तुति दिन आफू अभ्यास गर्न ब्यस्त रहेको उनले बताइन । यो कार्यक्रमबाट केही सिक्ने मोका पाउनुका साथै आफू भित्र लुकेको प्रतिभा बाहिर ल्याउन सकिने रहेछ भन्ने ज्ञान आर्जन गर्न सक्षम भएको उनको भनाइ छ । जीवनमा अगाडि बढ्न यो कार्यक्रमबाट पाठ सिक्ने मौका पनि मिलेको उनले बताइन ।

त्यस्तै अर्का प्रतियोगी विकास चौधरीले पनि आफू सानै देखि गायन क्षेत्रमा रुचि राख्ने भएको र यो कार्यक्रमबाट आफ्नो रुचीलाई साकार पार्न सहयोग मिलेको बताए ।

भजनीको मोहन्याल माध्यमिक विद्यालयबाट एसईई दिएको उनले बताए । सिजी फुड्सका मार्केटिङ् प्रतिनिधि सुशील घिमिरेले यो कार्यक्रममा वाईवाई चाउचाउ प्रायोजक हुन पाउदा आफूलाई खुशी लागेको बताए ।

विद्यार्थीको भित्र रहेको दक्षता क्षमतालाई बाहिर ल्याउन यो कार्यक्रम कोशे ढुङ्गा साबित हुने उनले बताए ।
‘हामी अझै पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछाँै, उनले भने ‘आगामी दिनमा सुदूरपश्चिम प्रदेशका ३ सय विद्यार्थीका लागि छात्रबृती योजना ल्याउने तयारी भइरहेको छ ।’

भित्र लुकेका प्रतिभा बाहिर ल्याउन गायन र नृत्य प्रतियोगिता भित्र लुकेका प्रतिभालाई बाहिर प्रष्फुटन गर्न यो कार्यक्रम भइरहेको जनाइएको छ । २०८० को दशैँ अगाडि नै उद्घाटन गरी प्रदेश भरिका ३० स्थानमा प्रतियोगिता सुरु गरेको प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले बताए ।

‘पहिलो चरणको कार्यक्रममा हामीले तराइ,पहाड गरी करिब ३ सय विद्याार्थीलाई सहभागी गराउन सफल भएका थियौँ ।’ उनले भने ‘सोबाट छानिएका ६७ जना विद्यार्थी सेमिफाईनलमा पुगे । आगामी असार १ गते हुने फाइनलका लागि ३३ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply