जनताका माग पूरा गर्दै बेदकोट नगर ७का अध्यक्ष भट्ट

१३ जेठ धनगढी
दोस्रो पटक ०७९ बैशाख ३०गते स्थानीय तह को निर्वाचन भएको २ बर्ष पुरो भएको छ ।

स्थानीय तहले काम गरेन भनी जनगुनासो आइरहेका बेला बेदकोट नगरपालिका वाड न ७ ले बिकास पुर्वाधार देखि आदिवासी जनजाति दलित समुदायमा आर्थिक र सामाजिक रुपम बलियो बनाउनु सिपमुल तालिम सहित बिकास निर्माणमा बाटो हरु पिच र पानी पिच गरिरहेको बताएका छ ।

संघय सरकार र प्रदेश सरकारमा माग गर्दा १र१ बाटो पिच भइरहेको र नगरपालिका र वाड को बजेटबाट पनि पाटो पिच गरिरहेको बताएका छ।

नगरपालिका आफ्नो गाडिहरु प्रयोग गरि र वाडबाट बिनियोजित रकमबाट पानी पिच भइरहेको बताएका छ ।

अहिले बैकल्पिक उर्जा केन्द्र बानेश्वरको अनुदानमा २ मन्दीमा सोलार बत्ती र वाड कार्यालयको बिनियोजित बजेटबाट पोलबत्ती जडान भइरहेको नगरपालिका र वाड्को बजेटबाट ढल निकास नदि नियन्त्रण र मन्दीर हरु निर्माण भइरहेको कार्यपालिका सदस्य पबन नेपालीले बताएका छ्न ।

वडा सबै भन्दा ठूलो रहेको बजेट कम भएकाले निर्वाचनमा बोलेका बाचाहरु पूरा गर्नु नसकेपनी केन्द्र र प्रदेश सरकार संग योजना माग गर्दै बाकी रहेको बर्षमा माग पूरा गर्ने तिर लाग्ने र बेदकोट नगरपालिका सबैवाडहरु भन्दा हाम्रो वाड्बाट सबैभन्दा बढी राज्वश्व उठ्ने अध्यक्ष भट्टले बताएका छ्न ।

हाम्रो वाड मा ४ सामुदायिक विद्यालय रहेका छन त्यता तिर पनि हेर्नू नै पर्ने हुन्छ कृषि क्षेत्रमा पनि बिउबिजन वितरण गरिरहेका छौ बिपन्न समुदाय विभिन्न किसमका तालिम हरु संचालन गरिरहेका छौ । अबको केही दिनमा बर्थीङ सेन्टर संचालन गर्ने र डाक्टर सहितको सेवा संचालन गर्ने अध्यक्ष भट्टले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply