भजनी भन्सार: सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय पृथ्वीपुर को सेटिङमा खुलेआम तस्करी

गणेश क्षेत्री

डियसपि ले चेकजाँच नगर्ने भनेपनि स्थानीयले जबर्जस्ती चेकजाँच गर्न लगाएपछि प्रतिबन्धित सुर्ती भेटियाे
धनगढी : कैलाली जिल्ला को भजनी नगरपालिका अन्त्रगत को सिमा मा तस्करी नरोकिदा दैनिक लाखौको राजस्व घाटा राज्यले ब्योहोर्दै आएको छ
इलाका प्रहरी कार्यालय भजनीले सिमा पारिबाट छली गरेर नेपाल भित्रीएको ५२ लाख रुपैयाँ बराबरको कपडा, हाडवेयर , मानव स्वास्थमा प्रतिकुल पार्ने माछा लगायतका सामान बरामद गरेको इन्चार्ज लोकराज जोशिले बताउनुभयो । त्यसैगरी इलाका प्रहरी कार्यालय जोशिपुर र जिल्ला बाट खटियका प्रहरी ले केही दिन अघि मात्रै १ कुन्टल अबैध माछा बरामद गरेर नस्ट गरेको इन्चार्ज मीन साउँद ले बताउनुभयो


सिमामा हुने अबैध हर्कत र सिमा सुरक्षा को जिम्मा लिएको सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय पृथ्वीपुर को मिलेमतो मा दैनिक सामान ओसारपसार हुनेगरेको माथिको तथ्य ले बताउँछ
मुलभन्सार खक्रौलाका भन्सार प्रमुख दिनहरी सापकोटा सामान बरामद भइरहेको र लिलाम पनि भइ रहेको बताउनुहुन्छ !
३४ नं सशस्त्र प्रहरी गण का गणपति दल बहादुर पान्डेले यदि आफ्नो मातहत का सशस्त्र प्रहरी ले तस्कर सङ्ग लेनदेन गरेको पाएमा तत्कालै कार्बाही गर्ने बताउनुभयो
भजनी नगरपालिका स्थित पृथ्वीपुर छोटि भन्सारमा सामान्यतया ५ हजार भन्दा कम मुल्यांकन को सामान को मात्रै भन्सार बनाउने गरेको इन्चार्ज शुरेस मन्नी क्षेत्री ले बताउनुभयो । मुल भन्सार खक्रौला का नायब सुब्बा पदमराज भट्टले हालसम्म भजनिको लागि भनेर अझैसम्म कपडा र हाडवेयर को भन्सार काट्न कोहि पनि नआएको बताउनुभयो
प्रहरी चौकी जनकपुर का इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज बहादुर खड्का ले तस्करी सङ्ग मासिक रकम लिएर कपडा हाडवेयर भित्रीन दिन्छन् भने हाकिमलाइ खुशी पार्न आलु प्याज ल्याउने सामान्य ब्यापारीलाई देख्नासाथ नियन्त्रणमा लिनेगरेका छन्
तिकुनियाका ब्यापारी मोहम्मद आरिफ ले कपडा र हाडवेयर जानेगरेको तर भन्सार बन्छकी बन्दैन आफुलाइ थाहा नभएको बताउनुभयो । तिकुनियाका ब्यापारी स्थानीय को भनाइ र सिमा बाट झन्डै ४ किलोमीटर पर रहेको इलाका प्रहरीले ५२ लाख बराबरको अबैध सामान जफत गरेको तथ्यांक ले पनि सिमामा रहेका रक्षक रकमी मोहमा डुबेको प्रमाणित हुन्छ ! १ महिना अघि मात्रै प्रस्तावित सशस्त्र प्रहरि गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले ईन्डिया बाट आएको जुनसुकै सामान पनि चेकजाँच सशस्त्र प्रहरीले नगर्ने भनेर बताएकाथिए तर ३ दिन अघि स्थानीय को चर्को बिरोध पछि चेक गर्दा प्रतिबन्धित सुर्तीजन्य पदार्थ फेलापरेको थियो ।
सिमा मा हुने कुनैपनी आपराधिक क्रियाकलाप , कानुनबिपरित हुने कुनैपनी कार्य , सिमा सुरक्षा को जिम्मा लिएका सुरक्षाकर्मिले मिलेमतोमा बिना चेकजाँच सामान आउने अनुमती दिएपछि तस्करहरुले लागुऔसध समेत भित्र्याउन थालेका छन् । एकातिर राजस्व छली भइ रहेको छ भने अर्कोतिर युवा पुस्ता लागू औसध को कुलतमा फसेर समाज नै बिग्रीने अवस्था रहेको छ
भजनी नगरपालिका को जसबहादुर घाट , कालापातल , कौवाखेडा , गुलरिया घाट , झुटा घाट र हिम्मतपुर बाट व्यापक तस्करी सुरक्षाकर्मिको मिलेमतो मा भइरहेको स्थलगत रिपोर्टिङ को क्रममा फेला परेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply