कञ्चनपुरको महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१५ जेठ धनगढी
कञ्चनपुरको महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिती कञ्नपुरको संयोजकत्व तथा प्याब्सन र एन प्याब्सन कञ्चनपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

दिवसको अवसरमा प्याब्सन र एन–प्याब्सनले आयोजना गरेको प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका १८ बिद्यालयहरुको सहभागीता रहेको थियोे । कक्षा ५ देखि १० सम्म अध्यनरत विद्यार्थीहरु सहभागी हुन पाउने प्रतियोगितामा विद्यार्थीहरुले ‘दिगो विकाससका लागी गणतन्त्र’ विषयमा आफ्नो प्रस्तुति राखेका थिए । सहभागी विद्यालयको तर्फबाट एक जना वक्ता गरि १८ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार रुपैयाँ, द्वित्तीय हुनेलाई २ हजार रुपैयाँ , तृतीय हुनेलाई १ हजार ५ सय रुपैयाँ र सान्त्वनालाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको एन प्याब्सन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष बल्देव भट्टले बताए । प्रतियोगितामा युनाइटेड पब्लिक स्कुलकी छात्रा अन्बी भट्ट प्रथम, अरनिको स्कुलकी छात्रा सपना धानुक द्वितिय, होलीफेम्ली स्कुलका छात्र दिपेश कार्की तृतिय तथा सान्त्वनामा वेष्टर्न पब्लिक स्कुलकी छात्रा दिक्षा भट्ट, निङ्गाशैनी माविका छात्र राज बहादुर बोहरा र लिटिलबुद्ध एकेडेमी दिक्षा बम भएका थिइन् । कार्यक्रममा एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश चन्दको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथिहरुमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख गोपाल कुमार अधिकारी, भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थी, भी.न.पा ४ का वडाध्यक्ष शुशिल भट्ट, प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मरराज भट्ट लगायत रहेका थिए ।

निर्णायकमा सारदा विद्यापिठ कञ्चनपुरका सहप्राध्यापक हरिप्रसाद खतिवडा, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक प्रकाशचन्द्र बडु, उपप्राध्यापक हरिप्रसाद बडु रहेका थिए । कार्यक्रमको सञ्चालन एनप्याब्सन कञ्चनपुरका उपाध्यक्ष बल्देब भट्टले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply