वडा सदस्यद्वय मन्जु कार्की र हर्कराज गिरीले गाँउका विपन्न बालबालिकालाई विद्यालय पोषाक सहयोग

१६ जेठ धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिका १०का वडा सदस्यद्वय मन्जु कार्की र हर्कराज गिरीले गाँउका विपन्न बालबालिकालाई विद्यालय पोषाक सहयोग गरेका छन ।

वडासदस्यद्वय गिरी र कार्कीले आफुले पाएको भत्ता बाट भीनपा १० श्रीकङकाकै बाल विकास केन्द्रमा विद्यार्थीलाई पोषाक सहित शैक्षिक समाग्री दिएका हुन ।

काँग्रेस युवा नेता समेत रहेका समाजसेवी कृष्ण राज भट्टले २० बालबालिकाहरुलाई वडा सदस्यद्वय गिरी र कार्कीले स्कुले कपडा, कापी, पेन्सिल, कलम, ईलेजर दिएका छन ।

बाल विकास शिक्षिका मन्जु पन्त सहितका अभिभावकको उपस्थितिमा पोषाक सहितका शैक्षिक समाग्री वितरण गरिएका छन । निःशुल्क शैक्षिक समाग्री पाएपछि बालबालिका हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply