शिक्षक र अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

१६ जेठ धनगढी
रिलिसा थारु
बाँके : राप्ती साेनारी गाउँपालिका ५ चिलरिया स्थित श्री नवज्योति इङलिस वाेडीङ स्कुलमा अभिभावक र शिक्षकहरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीको सिकाइ प्रकृयामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावककाे विषेश सुझावलाई समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै शिक्षकले विद्यार्थीहरूको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य निमा थारूले कम उमेर समुहका नानीबाबुलाई उनीहरूको मनोविज्ञान अनुसारका शिक्षण विधिद्वारा अध्ययन गराउनुपर्नेमा जोड दिए । विद्यालयका विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थित रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply