प्रचण्ड गर्मीमा जनावरको लागि पानी खाने भाँडा बितरण

१६ जेठ धनगढी
गणेश क्षेत्री
धनगढी : ४२ डिग्री सम्म तापक्रम पुगेको टन्टलापुर घामको समयमा पनि पानी खान नपाएर छटपटिइ रहेका शडकमा रहेका बोल्न नसक्ने दु:ख पिडा व्यक्त गर्न नसक्ने जनावरहरु लाई पानी खान सहज होस भनेर टीकापुर स्थित अवसर प्लास्टिक हाउसका प्रोपोराइटर अमर सिह चौधरी ले प्लास्टिक को भाँडाहरु पत्रकार गणेश क्षेत्री लाई हस्तान्तरण गरेका छन्

प्लास्टिक का भाँडा हस्तान्तरण गर्दै चौधरी ले तिर्खाएको र भोकाएका जनावरहरुलाइ सहयोग गर्नु सबैको दायित्व भएको र पत्रकार गणेश क्षेत्री ले जनावरहरुलाइ सहयोग गर्न आग्रह गरेपछी सहयोग गरेको र अझै भबिस्यमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
चौधरी ले मानबता भन्दा ठुलो कुनै धर्म हुँदैन बोल्न नसक्ने , पीडा व्यक्त गर्न नसक्ने अनि तिर्खाएको भोकाएको र रोगी जनावरलाइ आफुले पहिल्यै देखि क्षेत्री सङ्ग छलफल गरेर सहयोग गर्ने गरेको र आत्मसन्तुष्टि मिल्ने चौधरी ले बताउनुभयो

ती हस्तान्तरण गरियका भाँडाहरु गुम्बा रोडमा आकाश चौधरी , नगरपालिका नजिकै सल्यानी छालाजुत्ता सप्लायर्सका खुशिराम सार्की , सामुदायिक एफ एम नजिकै को मोटरसाइकल मेकानिक , मनमौजी कुल्फिका सन्चालक र ओसो ग्रुपका तपेन्द्र र १४ नम्बर का मोटरसाइकल मेकानिक अनुप गुप्ताले शडकमा रहेका जनावर हरुलाइ पानी खुवाएर सहयोग गर्ने तत्परता देखाएपछि हस्तान्तरण गरियको छ
तिर्खा कस्लाइ लाग्दैन ? पानी बिनाको जीवन त कल्पना पनि गर्न सकिँदैन । तिर्खा लागेको समयमा ४२ डिग्री तापक्रम मा १५ मिनेट मात्रै पनि पानी खान नपाएमा के होला भनेर कल्पना पनि गर्न सकिँदैन

गर्मीको मौसममा पानी तिर्खालागेपछी मान्छेले पानी खान्छ , चिसो पेयपदार्थ खान्छ , जुस खान्छ तर जनावर आफुलाइ तिर्खा लागेको भन्न सक्दैन बोल्न सक्दैन तर जनावरको वास्ता एकदमै कम ब्यक्ति ले मात्रै गरेको पाइन्छ

मान्छे जस्तै जनावरहरु पनि पानी खान नपाएमा बेहोस सम्म हुने र किडनि फेल समेत हुनसक्छ भने जनावरहरु सिथिल हुनुका साथै डिप्रेशन मा समेत जानसक्छन

पावर ट्रेलर को आगमन सङ्गै जोत्ने गोरुहरु बिस्थापित भए भने गाई ले दूध दिउन्जेलसम्म दूध खाने तर दूध दिन छोडेपछि अथवा गाई बुढाे बिरामी भएपछि शडकमा छोडेर मानबता बिहिन कार्य भएको समाजसेबी डबल रावल ले बताउनुभयो
पोलिटेक्निक टीकापुर का डा नन्दलाल खत्री ले जनावरहरुलाइ पनि मान्छे जस्तै कम्तिमा पनि ४ पटक सम्म पानीको आवस्यकता पर्ने बताउनुभयो

टीकापुर गौशाला लाई नमुना गौशाला बनाउन लागिपरेका अध्यक्ष लोक बहादुर बुढा ले गर्मीको मौसममा जनावरहरु पानी खान नपाएर भौतारिइ रहेको अवस्थामा ठाउँ ठाउँमा पानी खाने भाँडाेको ब्यवस्था अवसर प्लास्टिक हाउसले गर्नु निकै मानबिय कार्य भएको बताउनुभयो

बोल्न नसक्ने आफ्नो दु:ख पीडा व्यक्त गर्न नसक्ने जनावरहरुलाइ सबैले सहयोग गरेमा मात्रै मानबताको मूल्य मान्यता कायम रहने अध्यक्ष बुढा ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply