धनगढीको तापक्रम केही दिनदेखि उच्च

१७ जेठ धनगढी
धनगढीको तापक्रम केही दिनदेखि उच्च छ।

बुधबार यहाँको तापक्रम ४३.३ डिग्री सेल्सियससम्म पुगेको थियो।

बिहीबार पनि सोही हाराहारीमा तापक्रम रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार न्यूनतम तापक्रम नै ३०.२ डिग्री सेल्सियस मापन भएको छ।

न्यूनतम तापक्रम र अधिकतम तापक्रमबीचको फरक कम हुँदा बढी गर्मी महशुस हुन्छ।

लगातार चलेको तातो हावा र अत्यधिक गर्मीका कारण धनगढीको जनजीवन प्रभावित भएको छ।

दिउँसोको समय सडकमा अत्यन्त कम संख्यामा मानिसहरू देखिन्छन्। सडकमा सवारी साधनको आवतजावत पनि कम नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply