कञ्चनपुरमा प्रहरीले दुई लाख भन्दा बढिको अवैध समान बरामद

२१ जेठ धनगढी
कञ्चनपुरमा प्रहरीले दुई लाख भन्दा बढिको अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको प्रहरी टोलीले अवैध समान बरामद गरेको हो ।कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले जिल्लाका विभिन्न स्थानबाट भन्सार चोरीछलीका अवैध समान बरामद गरिएको बताए ।प्रवक्ता जोशीका अनुसार ईप्रका त्रिभुवनबस्तीको टोलीले ३८ हजार, गड्डाचौकी चौकीको टोलीले ८१ हजार १०, बेलडाँडीको टोलीले ७१ हजार, ३५०, प्रहरी चौकी भुडाको टोलीले ११ हजार ७६०, अस्थायी प्रहरी पोष्ट बन्साहको टोलीले ५ हजार गरेर झण्डै २लाख, ६हजार ७१०रुपैया बराबराको समान बरामद गरेर भन्सार चलालन गरेको छ । प्रहरीले उक्त व्यवसायिक समान बरामद गरेर भन्सार चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply