विश्व वातावरण दिवसमा सीता सामुदायिक वनमा वृक्षरोपण विद्यार्थीलाई वनले दियो झोला

हेमा भट्ट
कञ्चनपुर : कृष्णपुर नगरपालिका –९ राजघाट स्थित सिता सामुदायिक वन उपभोक्ता समूहले गरिव तथा जेहेन्दार विद्यार्थीलाई झाेला प्रदान गरेको छ । सीता सामुदायिक वन उपभोक्ता समूहले विश्व वातावरण दिवसकाे अवसरमा विपन्न उपभोक्ताका छोराछोरीलाई स्कुल ब्याग, स्टेसनरी वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले गरिब तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरी शिक्षा आर्जन तथा चेतनास्तर उकास्ने कार्यमा प्रोत्साहित गरेको भनी सीता सामुदायिक वन समूहको प्रसंसा गरे ।
सीता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुनाराम चौधरीको सभापतित्वमा रहेकोे कार्यक्रममा प्रमुख अतिथि कैलाश बलायर, विशिष्ठ अतिथि पिपरिया सव डिभिजन वन कार्यालय प्रमुख नवीन सिंह, नि बर्तमान वडा अध्यक्ष तथा सीता सामुदायिक वन समुहका सल्लाहकार संयोजक छत्र बहादुर महरा अतिथि वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निरज भण्डारी, जानकी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र प्रकाश भट्ट, उग्रतारा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन सिंह राना, पञ्चाधीन माध्यमिक विद्यालयकी शिक्षिका दिपा ओझा लगायतले विद्यार्थीहरुलाई ब्याग,कापी, डटपेन वितरण गरेका थिए ।

समूहले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गरी बाँकी रहेको ७५ प्रतिशतलाई १०० प्रतिशत मानि ५० प्रतिशत विकास निर्माण सहितको सामाजिक काममा र ५० प्रतिशत महिला शशक्तिकरण तथा गरिवी निवारणमा खर्च गर्नुपर्ने प्रावधानलाई अंगिकार गर्दै ब्याग, कापी र डटपेन वितरण गरेको हो । समूहले विपन्न वर्ग लक्षित कार्यक्रम अन्तर्गत ११६ जना उपभोक्ताहरुका छोराछोरीलाई स्टेसनरी वितरण गरेको सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले जानकारी दिए ।

साथै विश्व वातावरण दिवसका अवसर पारेर आज सीता सामुदायिक वनको परिसर अन्तरगतका सबै सरकारी कर्मचारी, वडा अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि, वन कर्मचारी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका थिए ।सामुदायिक वन उपभोक्ता समुहकाे आयोजित कार्यक्रममा सगुन जातका बिरुवा रोपिएको छ ।

यस्तै, आगामी उपभोक्तालाई विभिन्न किसिमका सिपमुलक तालिमहरु सञ्चालन गर्दै आत्मनिर्भर बन्न उत्प्रेरित गरिने चौधरीले जानकारी दिए सामुदायिक वन उपभोक्ता समूहले आर्थिक रुपले अति विपन्न परिवारको घर मर्मतका लागि सहुलियत दरमा काठ उपलब्ध गराउदै आएको उनले बताए।
समितिका पदाधिकारी तथा सदस्यहरु एवं निवर्तमान अध्यक्ष, कोषाध्यक्ष, सदस्य अनुगमन समिति संयोजक लगायतको उपस्थिति रहेको थियोे ।

समूहकी उपाध्यक्ष सुमन भुलले स्वागत मन्तव्य राखेको कार्यक्रम लेखा समिति संयोजक लालबहादुर चौधरीले सञ्चालन गरेका थिए । सीता सामुदायिक वनमा ५ सय २२ घरधुरी परिवार सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply