विप्लवद्वारा भीमदत्त नगरका सुकुमबासी व्यवस्थापन गर्न माग

२४ जेठ धनगढी
जिल्लाको नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले कञ्चनपुरको भीमदत्त नगरका सुकुमबासीको व्यवस्थापन गर्न माग अघि सारेको छ । विप्लव भीमदत्त नगर कमिटिले बिहीबार पालिकामा ज्ञापन पत्र बुझाउँदै न्यायिक व्यवस्थापनको माग अघि सारेको हो ।

नगर प्रमुखलाई नेकपा भीमदत्त नगर कमिसटले ज्ञापन पत्र बुझाउँदै सुकुमबासीहरुलाई बसेकै स्थानमा दिनुपर्नेदेखि घरवारबिहीन हुने गरेर उठिबास गर्न नहुने माग अघि सारिएको छ ।

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले अतिक्रमण हटाउने निहुँमा भूमाफिया सरक्षण गरेर सुकुमबासीको उठिबासी गराउने विषय पाटीलाई स्वीकार नहुने भन्दै सुकुमबासीकै हकमा छानबिन गर्न अनुरोध गरेका छन ।

ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरका मेयर पदम बोगटीले सुकुमबासीको हकमा सोच्ने बताए । यस अघि पनि विप्लव सहितका केही दलित, सुकुमबासीको हक अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था एव अगुवाहरुले बर्षात शुरुवातको पुर्व सन्ध्यामा घरबारबिहीन हुने गरेर उठाउन नहुने माग अघि सार्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply