बैतडीमा पहिलाेपटक टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने

२५ जेठ धनगढी
बैतडीमा पहिलाेपटक टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएकाे छ । दशरथचन्द नगरपालिका २ देहिमाडाैंमा रहेकाे निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजना हुने प्रतियोगिता जेठ ३१ गते सुरु हुनेछ । प्रतियोगितामा सहभागी इच्छुककाे लागि टिम दर्ता खुल्ला गरिएको आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो । सहभागी हुन चाहने टाेलीले जेठ २९ गतेसम्म दर्ता गरिसक्नुपर्ने र खेलतालिका जेठ ३० गते सार्वजनिक गरिने जनाइएको छ। टिम दर्ता शुल्क ४ हजार ५ सय राखिएको छ ।

प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे । यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । टी-१० फरम्याट खेल सञ्चालन हुने र आइसिसि, एलपीसि नियम लागू हुने आयाेजकले जनाएको छ । सहभागी हुने टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका हुनुपर्नेछ ।२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो । टेनिस बलकाे प्रयाेग गरेर सञ्चालन हुने प्रतियोगिताका खेलहरू निङ्लाशैनी खेल मैदान,देहिमाडाैंमा सञ्चालन हुनेछन् । प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply