बैतडीमा एकजना मृत फेला

२६ जेठ धनगढी
बैतडीका एकजना मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा दार्चुलाको लेकम गाउँपालिका १ बित्थडका ५० वर्षीय तिखुरे खत्री रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार बेलुका फेला परेको हो । उनकाे के कति कारणले मृत्यु भयाे भन्नेबारे खुल्न बाँकी छ । घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply