ईलाका प्रहरी कार्यालय टीकापुरले आर्थिक बर्ष लागू औषध सम्बन्धी ५१ वटा मुद्दा दर्ता गरे

गणेश क्षेत्री
धनगढी : ईलाका प्रहरी कार्यालय टीकापुर ले आर्थिक बर्ष २०८० / ८१ को जेष्ठ २६ गतेसम्म मा लागू औषध सम्बन्धी ५१ वटा मुद्दा  दर्ता गरेर ६७ जना लागू औषध सेवन कर्ता र ओसारपसार मा संलग्नलाइ पक्राउ गरेको छ

पक्राउ परेकाहरु बाट लागू औषध खैरो हिरोइन ५४ ग्राम २ सय ६० मिलिग्राम बरामद गरेको इलाका प्रहरी कार्यालय का इन्चार्ज प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारी ले बताउनुभयो

आर्थिक बर्ष २०७९/८० मा ५१ वटा मुद्दा  दर्ता गरेर ६७ जनालाई पक्राउ गरेर ११४.९०० ग्राम लागू औषध खैरो हिरोइन इलाका प्रहरी कार्यालय टीकापुर ले बरामद गरेको थियो

इन्चार्ज अधिकारी ले प्रहरी ले लागू औषध सम्बन्धि शून्य सहनसिलता अपनाएको बताउनुभयो ! प्रहरी को सक्रियता बढेपछी लागू औषध प्रयोगकर्ताहरु भारतिय बजार को तिकुनियामा गएर लागू औषध सेवन गरेर फर्किन थालेपछि चुनौती थपिएको इन्चार्ज अधिकारी ले बताउनुभयो

लागू औषध विरुद्ध को अभियन्ता कल्पेस कुँवर ले लागू औषध प्रयोगकर्ता हरु ईन्डिया मा गएर सेवन गर्ने गरेको आफुलाइ जानकारी भएको बताउनुभयो । अभिभावक हरु सचेत र सजग हुदैनन् भने समस्या ले झनै बिकराल रुप लिनसक्ने भएकोले अभिभावक ले आफ्नो बालबालिका को गतिविधि को बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताउनुभयो

त्यसैगरी अदालत बाट कैद तथा जरिवाना को फैसला भइ सकेका विभिन्न शिर्षक मा फरार रहेका ६९ जना लाई पक्राउ गरेर ९५ लाख ९९ हजार ४१ रुपैयाँ राजस्व असुली गरेको इलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज अवस्थिले बताउनुभयो । फरार रहेका लाई पक्राउ गरेको मा १२ जना महिला र ५७ जना पुरुष रहेको र पक्राउ परेकाहरुको ३२ बर्ष ६ महिना २७ दिन कैद भुक्तान गर्न बाकी रहेको प्रहरी निरीक्षक अवस्थिले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply