यू–१९ सुदूरपश्चिम छनौटः कैलाली र बैतडी फाइनलमा

३१ जेठ धनगढी
वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा कैलाली विजयी फाइनलमा पुगेको छ । कैलाली लगातार तेस्रो जित दर्ता गर्दै समूह बी को शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा कैलालीले कञ्चनपुरलाई ४ विकेटले हराउदै उपाधि नजिक पुगेको हो । जितका लागि पाएको १४५ रनको लक्ष्य कैलालीले ४१.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे । जसमा सुदीप साउदले अर्धशतक हिर्काए । म्यान अफ द म्याच समेत भएका सुदीपले ५७ रन बनाए । कञ्चनपुरका अभिषेक थापाले २ विकेट लिए । यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ४२ ओभरमा १४४ रनमा अलआउट भयो । जसमा आर्यन टमटाले ३२ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कैलालीका ओमप्रकाश घिमिरेले ३ विकेट झारे । हारसंगै कञ्चनपुर प्रतियोगिताबाटै बाहिरिएको छ । कैलालीले उपाधि भिडन्त बैतडीसँग खेल्नेछ । समूह ए मा रहेको बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर यसअघि नै फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल असार १ गते हुनेछ । फाइनल खेल तथा समापन समारोहमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का आउने कार्यक्रम रहेको छ । जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेका थिए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply