लागु औषध खैरो हिरोईन सहित दोधारा चाँदनीबाट दुई महिला पक्राउ

असार १ धनगढी
दोधारा चाँदनी नगरपालिकाबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) सहित २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ् ।

दोधारा चाँदनी नगरपालिका– १ पशुपती टोल (नेपाल–भारत सिमानामा) भारतबाट नेपाल तर्फ आउदै गरेको वर्ष अन्ताजी ३८ भिनपा– ९ का हिरा नाथले चलाएको सुप्रप ०२–००३ प ५७६० नम्वरको स्कुटरमा पछाडी सवार सोही वडा निवासी वर्ष अन्ताजी २७ का निलम अवस्थीलाई शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ सय ८० मिलिग्राम सहित दुवै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बरामद लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ सय ८० मिलिग्राम सहित आरोपित हिरा नाथ र निलम अवस्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण लगाएत कार्यमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी सक्रियता देखाउदै आएको छ् । (फाईल फोटो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply