बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताकाे पहिलाे सेमिफाइनल खेल सम्पन्न

असार २ धनगढी
बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताकाे पहिलाे सेमिफाइनल खेल सम्पन्न भएकाे छ । पहिलाे सेमिफाइनल खेलमा आयाेजक टिम निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीलाई १९ रनले हराउदै जगन्नाथ अभाेलिङ भेट्रान स्टार फाइनलमा प्रवेश गरेकाे छ । भेट्रान स्टारले दिएकाे १६१ रनकाे लक्ष्य पछ्याएकाे आयाेजकले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्याे। उसका दीपक बाेहराले ५६ रनकाे याेगदान गरेपनि टाेलिलाई जिताउन सकेनन् ।

स्टारका कृष्ण पाण्डेले ३,समीर चन्द र जितेन्द्र रावलले २/२ विकेट हात पारे । यसअघि निङलाशैनी खेल मैदान,देहिमाडाैंमा पहिला ब्याटिङ गरेकाे स्टारले १० ओभरमा ४ विकेटको क्षतिमा १६० रन बनायाे । जसमा मनाेज जाेशीले शतकीय पारी खेले । म्यान अफ द म्याच समेत भएका मनाेजले ३० बलमा १०५ रनमा रिटायर्ट हर्ट भए । आयाेजकका यज्ञराज भट्टले २ विकेट हात पारे । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सुरू भएको प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहकाे र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो । प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे । यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ

सहभागी टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन् । २५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो । प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply