कृष्णपुर-राजपुर जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

असार २ धनगढी

मनिसा सुनार
कञ्चनपुर – कृष्णपुरनगरपालिका वडा नम्बर -९ राजघाट र धनगढी उपमहानगरपालिका -१३ राजपुर जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । संघीय सरकारको विनियोजित रकम १ करोड २० लाख सम्मको लागतमा जसमध्ये ३०% कृष्णपुर नगरपालिकाको आर्थिक सहयोग रहनेगरि सो पुल निर्माण सुरु गरिएको कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले जानकारी दिए।

उनका अनुसार सो पुल १ सय १९ मिटर लम्बाइ हुनेछ ।
पुल निर्माणपछि कृष्णपुर नगरपालिका वडा नम्बर ९ र ८ का हजारौं घरधुरी मान्छेले प्रत्यक्ष लाभान्वित हुने नगर प्प्रमुख ओझाले बताए । यही ८.न.पा. र उ.स. बिच २०८१/०२/०१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा केदार ग्रामीण विकास समाजले गर्नेछ भने पुलको निर्माण २०८३/०२/०१ सम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।

सो पुलको शनिबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले शिलान्यास गरे। नगर प्रमुख ओझाले कञ्चनपुर र कैलालीलाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई धनगढीको पहुँचमा सहज हुने बताए।

त्यस अवसरमा कृष्णपुर नगर उपप्रमुख द्राेपती रानाले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply