धनगढी, असार ०९
कञ्चनपुरको भीमदत्त नगरका दलित विपन्न महिलालाई हाते झोला बनाउने तालिम दिईएको छ । भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धन शाखाले दलित विपन्न महिलालाई हाते झोला बनाउने तालिम दिईएको हो ।
२७ जेठदेखि शुरु भएको तालिमको आइतबार समापन गरिएको छ । तालिम समापनमा भीमदत्त नगरका लेखा समिति संयोजक हरिहर परियारले प्लाष्ट्रिकमुक्त नगर भीमदत्त नगर शहर बनाउने योजनाका साथ २७ दलित एव विपन्न महिलालाई तालिम लिएको बताए ।
भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बमले सिकेको सीप सदुपयोग गर्दै व्यवसाय संचालनमा जोडदिए । भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले तालिम एकदमै नयाँ भएकाले सिकेको सीप व्यवसाय गर्दै आत्मनिर्भरमा जोडदिए ।
उक्त तालिमको मुख्य प्रशिक्षकमा तारादेवी अधिकारी र सयोजक मञ्जु गिरी रहेकी थिईन । रोजगार प्रर्बद्धन शाखाका प्राविधिक सहायक कमल विकले संचालन गरेको कार्यक्रममा रोजगार प्रर्बद्धन शाखाका कर्मचारी, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।
