वास्तविक किसानसँग धान दिवस मानाउँदै सामाजिक विकास मन्त्री भाट

हेमा भट्ट असार १५
कञ्चनपुर  आज असार १५ आर्थात २१ औं राष्ट्रिय धान दिवस कृष्णपुर नगरपालिका ७ कलुवापुरमा
मनाएका छन्। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा समाजिक विकास मन्त्री ओम विक्रम भाट सलरले खेतमा धान रोपेर किसानको खेतमा पुगेर रोपाहारहरुसँगै धानको रोपाइँ गरेका छन्। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव किसानको साथमा भाटले मनाए

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव वास्तविक कृषकहरुको उपस्थितिमा मनाउन लागिएको मन्त्री भाटले बताए । मन्त्री भाटले भने ‘यस पटक हामी धान खेती गर्ने कृषक भएको स्थानमा पुगेर धान दिवस मनाउँदै छौं मन्त्री भाटले बताए ।

यस्तै कार्यक्रमको विशेष अतिथिमा कृष्णपुर नगरपालिकी उपमेयर द्राेपती राना, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य अमिन दहित सुर्य, केन्द्रीय सदस्य गाेविन्द बिक, कञ्चनपुर जिल्ला समन्वय समितिका सदस्य जय सिंह बिष्ट, कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न राना, वडा सदस्य विभिन्न पार्टीका प्रतिनिधि राजनीतिक दलका नेता कार्यकर्ता वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना समाजसेवी बुद्धिजीवी लगायत कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो । कसैले धान रोप्ने, कसैले हिलो छ्याप्ने लगायतका दृश्यहरु देखिएको थियो ।
फोटो फिचरसहित



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply