महाकाली नदीमा मजदुर वेपत्ता

धनगढी,असार १६
कञ्चनपुरमा आज दिउँसो महाकाली नदीमा बगेर एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ माछा मार्न जाँदा बगेर बेपत्ता भएका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न गएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीले उनको खोजी गर्न गोताखोर टोली परिचालन गएिको बताए ।

वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply