धनगढी असार १८
भर्खरै प्रकाशित एसइई परीक्षाको नतिजा हेर्दा
कंचनपुरकै पुरानो र अग्रणी शैक्षिक सँस्थाहरू मध्येको एक श्री उदय मावि बंक कृष्णपुर २ कंचनपुरले आफ्नो पुरानो साखलाई कायम राख्न सफल भएको छ।
कंचनपुर र देशैभरीबाट कयौं विद्यालयहरूको शुन्य नतिजा आई रहेको र सरकारले ng पध्दती लागू गरेको अवस्थामा समेत श्री उदय मावि बंकले पहिलाको भन्दा तिब्र प्रगति गर्दै A+ र A को नतिजा समेत ल्याउन सफल भएको छ।उदयका श्री किशोर भट्टको ३.६५ GPA सहित A+ आएको छ भने छात्रा बिमला कुमारी भट्ट ३.४५,जेनिशा लावड ३.३५,कल्पना रोकाया ३.१७ र अस्मिता सिह ३.०० सहित ग्रेड A आएको छ।
यसबर्ष उदय माविबाट कुल १९ जना विद्यार्थीहरू पास भएका छन् भने ३० जना ग्रेड वृद्धिमा परेकाछन्।
यसबर्षको कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ कृष्णपुर प्रथम भएको श्री उदय मावि खेलकुद, भाषा साहित्य र अतिरिक्त क्रियाकलापमा समेत सुदूरपश्चिम प्रदेशमै कहलिएको विद्यालय हो।
पछिल्ला केही बर्ष यता शैक्षिक गुणस्तरमा भई रहेको उन्नतिको श्रेय कसलाई दिन चाहनु हुन्छ भन्दा श्री उदय मावि बंकका अध्यक्ष एवम् साहित्यकार सिर्जन श्री(दीपेन्द्र पाल) भन्नु हुन्छ ” पहिलो श्रेय जान्छ आफ्नो कर्तव्यमा पूर्ण निष्ठा सहित पढाउनु हुने सम्पुर्ण सर मेडमहरूलाई र बिद्यार्थीहरूलाई। दोस्रो श्रेय अभिभावकहरूलाई र तेस्रो श्रेय स्थानीय सरकालाई। जसले आ-आफ्नो स्थानबाट आफ्नो कुसल कर्तव्य निर्वाह गर्नु भएको छ”।