टिकापुरमा भुकम्पीय तथा आगलागी नियन्त्रण नमुना अभ्यास गर्दै

गणेश क्षेत्री /
धनगढी : कैलालीको टीकापुर ७ कालाकुन्डामा भुकम्पीय तथा आगलागी जन्य बिपद् सम्बन्धि कृतिम घट्ना नमुना अभ्यास गरिएकाे छ
शसस्त्र प्रहरी ३४ नं गण हेडक्वाटर धनगढी कैलालीको आयाेजनामा र आन्तरिक तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशकाे सहकार्यमा आज उक्त कृतिम अभ्यास कार्यक्रम सप्पन्न भएको हो
सुदुर पश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय का अधिकृत करन सिह धामिको सभापतित्वमा भएको कार्यक्रममा ईलाका प्रशासन कार्यालय का प्रमुख भुमिस्वर पोख्रेल प्रमुख अतिथी रहेको कार्यक्रम मा सशस्त्र प्रहरी बल नेपाल ३४ नं गण हेड क्वाटर का सशस्त्र प्रहरी उपरीक्षक दल बहादुर पान्डे विशिष्ट अतिथी रहनुभएको थियो
प्रमुख अतिथी पोख्रेल ले कृतिम अभ्यास कार्यक्रम यो बाढिपिडित क्षेत्र को लागि कोसे ढुंगा साबित हुने बताउनुभयो ! दैबिप्रकोप को समयमा सशस्त्र प्रहरी ले गरेको कार्य निकै सर्हानिय भएको ले पीडा र दु:ख को समयमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने पोख्रेल ले बताउनुभयो
विशिष्ट अतिथी ३४ नम्बर गण का गणपतिले अङ्ग्रेजी मा प्र्याकटिस मेक्स अ म्यान पर्फेक्ट भनेजस्तै अभ्यास ले मान्छेलाई अनुभवी बनाउने र त्यो अनुभव वास्तविक जिवनमा पर्न आउने दैबी प्रकोपको अवस्थामा ब्यवहार मा उतारेमा सहज हुने बताउनुभयो ! गणपती पान्डेले जिल्लाभरिका सम्पुर्ण युनिट लाई बाढि र दैबिप्रकोप को समय भएकोले हाइ अलर्ट मा रहन निर्देशन दिएको र २४ घन्टा नै सशस्त्र प्रहरी उद्दार को तयारी अवस्थामा बसेको बताउनुभयो
वडान ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने ले सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण ले दैबी प्रकोपको समयमा गरेको उद्दार को कार्य निकै सर्हानिय भएको बताउनुभयो !
कार्यक्रममा टीकापुर नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत दमन सिह चाैधरी , टीकापुर नगरपालिका वडा न ६का वडा अध्यक्ष लालबिर चाैधरी, ९ का वडा अध्यक्ष लाैटन चाैधरी
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक विश्व राज अधिकारी, विभिन्न बिद्यालयका बालबालिका , पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे। कार्यक्रममा शसस्त्र प्रहरीले भुकम्पिय बिपद् र आगलागी जन्य बिपद् सम्बन्धि कृतिम घट्ना नमुना अभ्यास प्रदर्शन गरेका थिए
कार्यक्रम को जनशक्ति स्रोतसाधन ब्यवस्थापन जनशक्ति प्रस्तावित गुल्म खक्रौला , गुलरिया र खोनपुर ले गरेको थियो भने कृतिम अभ्यासको नेतृत्व बिओपी कुशुम घाट को सशस्त्र प्रहरी निरीक्षक सुजल भन्डारि ले गर्नुभएको थियो ! कार्यक्रम को सन्चालन बिओपी हिम्मतपुर का सशस्त्र प्रहरी निरीक्षक सुर्य प्रकाश पन्त ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply