धनगढी असार १९
बैतडीमा एक घरमा आगलागी हुँदा एक लाख २० हजार बराबरको क्षति भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ३ डुङ्ग्री बस्ने हिक्मत ऐरीको ढुङ्गा माटो र काठले बनेको दुई तले घरको गोठमा आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । बिजुलीको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मृत्यु भएको, काठ, खर लगायतका सामानहरु गरी एकलाख २० हजार बराबरको क्षति भएको हो । आगलागीबाट मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1