बैतडीमा हत्या आराेपमा पक्राउ परेका पाँच जनालाई कारागार चलान

धनगढी असार २५
बैतडीमा हत्या आराेपमा पक्राउ परेका पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्लाकाे पाटन नगरपालिका–६ का ५१ वर्षीय ट्रक चालक विरभान विष्टको हत्या आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हाे । कारागार चलान गरिनेमा जिल्लाको पाटन नगरपालिका– ६ की ३६ वर्षीया शिक्षिका भागरथी विष्ट, पाटन नगरपालिका–६ का ३८ वर्षीय भरतमोहन विष्ट, पाटन–६ कै २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका आरोपीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । यस्तै सोही प्रकरणमा आरोपित १७ वर्षीय नाबालकलाई बाल सुधार गृह डोटीमा र आरोपित मध्ये भागरथी विष्टलाई महिला कारागार डडेल्धुरा पठाइएको छ ।

विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचै जनामाथि असार २ गतेदेखि अनुसन्धान गरिरहेको थियो । उनीहरुमाथि तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको र अनुसन्धान सकिएपछि आरोपितहरुलाई अदालतमा पेश गरेको थियाे । अदालतले आरोप पुष्टी गर्ने प्रमाण परीक्षण तथा बयान गरेपछि आरोपितहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । यो घटनाका बिषयमा अदालतको फैसला आउन भने बाँकी रहेको छ । फैसला आएपछि कसलाई कति बर्ष, पिडीत पक्षलाई क्षर्तीपूर्ती लगायतका बिषय समावेश हुनेछन् । असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव असार ३ गते दिउँसो पाटन नगरपालिका–६ स्थित घाङल खोलामा फेला परेको थियो । काठको चिरपटले हानेर बिरभानको हत्या गरेको ओरोपीले प्रहरी समक्ष बयान दिएका छन् । असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको अवस्थामा भेटीएको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply