चौधर नदीको बाढीमा परी बेपत्ता भएका चौधरीको शव पाँच दिनपछि फेला

धनगढी असार २८
जिल्लाको बेलडाँडी गाउँपालिका भएर बग्ने चौधर नदीको बाढीमा परी बेपत्ता भएका चौधरीको शव पाँच दिनपछि फेला परेको छ ।

केही दिन अघि आएको अविरल वर्षाका कारण बेलडाँडी गाउँपालिका(५ चौधर नदीमा आएको बढीले बगाउँदा माछा मार्न गएका बेलडाँडी गाउँपालिका(३ बैवाहाका २३ वर्षीया डम्बर चौधरीको शव पाँच दिनपछि फेला परेको हो ।

चौधरीको शव नदीले बगाएर बेपत्ता भएको स्थान देखि ५र६ किलोमिटर अगाडि भारत तर्फ पट्टी मृतकका आफन्त र स्थानीयको सहयोगमा शव बिहीबार २७ गते साँझतिर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।

उनले भने,’शव सडेको अवस्थामा आफन्तहरूले फेला पारेर अहिले शव बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ, आजै प्रक्रिया अनुसार पोस्ट मार्टमका गरिने बताए ।

यो सँगै कञ्चनपुरमा बाढीबाट ज्यान गुमाउने सङ्ख्या ५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply