राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा रक्तदान तथा बृक्षा रोपण कार्य सम्पन्न

धनगढी असार २९
आज आसार २९ गते शनिबारका भानु जयन्तिको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी भिमदत्त नगर पालिका वडा नम्बर -३ को वडा समितिले रास्वपा कंचनपुर जिल्ला संयोजक पदम बिष्टको प्रमुख आथित्यमा रक्तदान कार्यक्रम र रोपण कार्यक्रम सम्पन्न गरेको छ। भिमनपा-३ को श्री बैजनाथ माबी नयाँ तिलकपुरको भवन रक्तदान कार्यक्रमका गर्नुका साथै बिध्यालय हता भित्र अशोक र अन्य विभिन्न प्रकारका फलफुलहरुका बोटहरु रोपेको छ। साथै रोपेका बिरुवाहारुको हेरचाह गर्नका लागि बिध्यालयका अध्यक्ष मान बहादुर बिष्टको अगुवाईमा एक समिती गठन गरी रोपेका फलफुलका बिरुवाहरु हस्तान्तर गरेको छ। त्यस्तै रास्वपाले भिमदत्त नगर पालिका वडा नम्बर ३ स्थित बैजनाथ सामुदायिक बनको हता भित्र राजबृक्ष, जामुन, रक्त चन्दन, गोलमोहर, सिसौका बिरुवाहरुको रोपण गरेको छ।उक्त कार्यक्रममा रास्वपाका भमसत्त नगर सभापति,कोषाध्यक्ष, भिमदत्त प्रतिस्ठानका केन्द्रिय अध्यक्ष, सामुदायिक बनका पदाधिकारी, लगाएत बिध्यालय कर्मचारी, स्थानिय समाजसेवीहरुको उपस्थितिमा रहेको थियो। रक्तदान काएयक्र्ममा १६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने सम्पुर्ण वडा बासिहरुको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्र्म माथि प्रकाश पार्दै जिल्ला संयोजक पदम बिष्टले रक्तदान र बृक्षा रोपण दुबै कार्य भगवान रचित सृष्टिमा सबै भन्दा पबित्र कार्य रहेको र यस्तो कार्य समाजका लागि जिबनदान र स्वयमका लागी स्वास्थ्य लाभ दोहोरो फाईदा हुने पबित्र कार्य भएको बताउनु भएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टिको भिमदत्त-३ ले आयोजना गरेको यश कार्यक्रममा उओअस्थित भएर सहयोग गर्नुहुने सबै वडा बासिहरुमा विशेष धन्यबाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply