सुदूरपश्चिम प्रदेशका स्वास्थ्यमन्त्री ‘सरल’ औषधी बोकेर कञ्चनपुरका वाढीपीडित बस्तीमा

धनगढी असार २९
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओम विक्रम भाट(सरल) कञ्चनपुरका वाढीपीडित बस्तीमा पुगेका छन । प्रदेशका स्वास्थ्यमन्त्री सरलले जिल्लाका पाँच पालिका वाढीपीडित बस्तीमा पुगेर औषधी हस्तान्तरण गरेका छन ।

वढी वाढी प्रभावित भएका जिल्लाका पाँच पालिकामा वाढीपीडित बस्तीमा पुगेर पालिकाहरुलाई औषधीजन्य राहत हस्तान्तरण गरेका छन ।

शनिबार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट(सरल)का स्वकीय सचिव कैलाशचन्द्र गिरीले बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी र दोधाराचाँदनीका वाढीपीडित प्रभावित बस्तीमा गएर अति आवश्यक औषधीजन्य राहत वितरण गरेको बताए । स्वकीय सचिव गिरीका अनुसार सुपानेट झुल, अति आवश्यकीय औषधी पालिकाहरुलाई हस्तान्तरण गरेका छन ।

स्वास्थ्यमन्त्री सरलले प्रदेश सरकारबाट अति वाढी प्रभावित बस्तीका नागरिकलाई तत्तकाल चाहिने औषधीजन्य पदार्थ वितरण गरिएको र भावि दिनमा समेत प्रदेश सरकारबाट थप आवश्यक औषधी वितरण गर्ने आश्वास दिएका हुन ।

प्रदेशका स्वास्थ्य सरलले वाढीप्रभावित नागरिकलाई राहत र क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

केही दिन पहिले स्वास्थ्यमन्त्री सरलले जिल्लाका विभिन्न वाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । औषधी बोकेर वाढीपीडित बस्तीमा पुगेपछि पीडितले प्रदेश सरकारका नै घरदैलोमा आएको बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply