कृष्णपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

मनिसा सुनार
२९ असार २०८१ शनिबार
कञ्चनपुर – बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ कलुवापुर वडा कार्यालय नजिकै बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५२ वर्षीय महेन्द्र खड्काको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय रैकवारका वरिष्ठ नायब निरीक्षक प्रेम साउदले अत्तरिया बाट कृष्णपुर ७ सान्तिपुर जाँदै गरेको ना ५ ख ३४९१ नं. को बसले शनिबार राति ९:३० बजे पैदल हिँडिरहनुभएका खड्कालाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको  उपचारको क्रममा कैलाली सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी गराए । बस चालक कृष्णपुर ७ बस्ने अन्दाजी ३५ वर्षीय लाेकेन्द्र बाेहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक साउदले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply