सुदूरपश्चिममा अत्यासलाग्दो विपदः १३ करोडको क्षति, ४६ जनाको मृत्यु

धनगढी असार ३०
सुदूरपश्चिममा प्राकृतिक विपत्तीबाट ठूलो संख्यामा मानवीय र आर्थिक क्षति पुगेको छ।

यस्तो विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै छन्। साथै प्राकृतिक विपदका कारण सुदूरपश्चिममा १२ करोड ७५ लाख ४२ हजार ७ सयको क्षति पुगेको अनुमान छ। सुदूरपश्चिममा ६ सय ३५ को संख्यामा विपदका घटना घटेका छन्।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार २९ गतेसम्म आगलागी, सर्पदंश, चट्याङ, हावाहुरी, बाढी, जनावर आंतक, पहिरो, भूकम्प, लेक लागेर, भारी वर्षा र जंगल आगलागी गरेर ६ सय ३५ घटना घटेका छन्। सो अवधिमा आगलागीका मात्र २ सय ६७ घटना घटेका छन्। आगलागीबाट ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको छ। १७ महिला र १२ पुरुष घाइते भएका छन्। तीन सय २ परिवार आगलागीबाट प्रभावित बन्न पुगेका छन्।

३० घर पूर्ण र ४४ घरमा आंशिक क्षति पुगेको छ। ७४ वटा गोठमा जलेर एक सय ५ पशुचौपायामा क्षति पुगेको छ। आगलागीबाट १२ करोड १० लाख ४२ हजार ७ सय मुल्य बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
त्यस्तै सर्पदंशका २८ घटना घटेका छन्। सुदूरपश्चिममा सर्पले डसेर ५ महिला र ३ पुरुष गरेर ८ जनाको मृत्यु भएको छ। चट्याङका १८ घटना घटेका छन्। ती घटनाबाट चार पुरुष र चार महिला गरी ८ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply