बाढी ग्रस्त नगरपालिकामा पुगे मन्त्री सरल,नगरपालिकालाई गरे स्वास्थ्य सामग्री हस्तान्तरण

हेमा भट्ट ३० असार
कृष्णपुर : सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’आइतबार औषधी लिएर कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र वेदकोट नगरपालिकाका कार्यालयमा पुगेका हुन । मन्त्री भाटले अतिआवश्यीक औषधी सुपानेट झुल लगाएत सामग्री नगर प्रमुख जनप्रतिनिधी र कर्मचारीलाई हस्तान्तरण गरेका छन् ।

बाढी गएको बस्तीमा हुनसक्ने बिरामीहरुको लागी स्वास्थ्य सामग्री ल्याएकाे जानकारी गराए ।
अविरल वर्षाका कारण स्वास्थ्य समस्यालाई मध्यनजर गरि तत्काल आवश्यक औषधि हस्तान्तरण गरीएको कैलाश चन्द्र गिरिले जानकारी गराए । मन्त्री भाटले बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाँडी गाउँपालिका र दाेधारा चाँदनी नगरपालिकाका बाढी पीडितका लागि अति आवश्यकीय औषधी वितरण गरेका छन् ।

मन्त्री भाटले बाढी पीडितलाई राहत र क्षतिग्रस्त संरचनाको । पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply