सुदूरपश्चिममा सर्पले डसेर ८ जनाको मृत्यु, ६ महिलासहित ९ जना घाइते

धनगढी असार ३१
तराईमा अहिले गर्मी र वर्षात् दुवै बढेको छ। यसैबिच सर्पदंशका घटनामा पनि वृद्धि भएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा सर्पदंशका घटना सबैभन्दा बढी घटेका छन्।

सर्पले डसेर तीन महिनाको अवधिमा मात्र ८ जनाको मृत्यु भइसकेको छ। ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको हो। २०८० चैत मसान्तदेखि २०८१ असार अन्तिम सातासम्म सर्पले डसेर ६ महिला र तीन पुरुष गरी ९ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशभित्र १८ वटा सर्पदंशका घटना घटेका छन्।

जेठ १८ गते राति सर्पले डसेर दार्चुलाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको मृत्यु भएको थियो। उनलाई रातिको समयमा सर्पले डसेको थियो। त्यस्तै कञ्चनपुरमा असार ११ गते साँझ सर्पले डसेपछि कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको मृत्यु भएको थियो। ३९ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेको थियो।

त्यस्तै जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय नविन ऐरी सर्पले डसेपछि घाइते बन्न पुगेका छन्। उनी अस्थायी प्रहरी पोष्ट झुलङ्गेमा कार्यरत छन्। त्यस्तै कृष्णपुरनगरपालिका–१ की ३५ वर्षीया गिता साउँद पनि घाइते भएकी छन्। गितालाई खाना बनाउँने बेला सर्पले बायाँ हातमा टोकेको थियो। उता बैतडीमा सर्पले डसेर डिलाशैनी गाउँपालिका–५ दसासीकी ६६ वर्षीया धना नाथ घाइते बन्न पुगेकी छन्।

उनलाई राति सुतेका बेला सर्पले डसेको थियो। सर्पदंशबाट जोगिन राति वा दिउँसो सुत्दा झुलभित्र सुत्ने, घरमा सर्प लुक्ने सक्ने ठाउँको पहिचान गर्ने, राति हिँड्दा टर्च बालेर हिँड्ने र सर्पले टोकिसकेपछि जतिसक्दो चाँडो बिरामीलाई अस्पताल ल्याउने चिकित्सकहरुको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply