२०८० / ८१ मा १७२ जनाको मृत्यु २ सय ६७ जना गम्भीर घाइते

गणेश क्षेत्री /
धनगढी :- सुदूरपश्चिम प्रदेश को आर्थिक बर्ष २०८०/८१ मा १ सय ७२ जनाको सवारी दुर्घटना मा मृत्यु भएको छ भने २ सय ६७ जना गम्भीर घाइते रहेका छन्
अचम्म को कुरा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ३ हजार ९ सय १७ जनालाइ कार्बाही गरेर ३९ लाख १८ हजार राजस्व संकलन भएको छ
त्यसैगरी २०८०/८१ मा ७४ हजार १ सय ५ वटा सवारीसाधन लाई सवारी नियम उल्लंघन गरे बापत कार्बाही गरेर ४ करोड ९३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेती ले बताउनुभयो
सवारी साधन दुर्घटना सङ्ख्या ३ सय ९ भएपनी एकआपसमा जुधेको सवारी लाई जोडेर ४ सय ६ वटा दुर्घटना भएको छ ।त्यसैगरी मृत्यु हुनेमा १ सय ७२ जना रहेकोमा महिला २३ जना , पुरुष १ सय ३७ जना , बालक ७ जना , बालिका ५ जना रहेका छन् भने २ सय ६९ जना सामान्य घाइते रहेका छन्

दुर्घटना परेका सवारीसाधन मा सबैभन्दा धेरै मोटरसाइकल २ सय ७ , ट्रेकटर र टेङ्कर १९ ,टिप्पर ९ , डाेजर ३ , बस २४, माइक्रो ७ , जिपकार , ५०, ट्रेकटर ४० , टेम्पो १७, शारीरिक शक्तिबाट चल्ने २६ र अन्य गरेर ४ सय ६ रहेका छन्
प्रबक्ता उप्रेती ले ट्राफिक प्रहरी को काम राजस्व संकलन मात्रै नभएर दुर्घटना न्यूनीकरण गर्ने भएको बताउनुभयो
दुर्घटना न्यूनीकरण गर्न को लागि जनचेतनामूलक कार्यक्रम ६ हजार ६ सय २६ वटा गरेको प्रबक्ता ले बताउनुभयो
जसमध्ये सवारीचालक संग २ मिनेट कार्यक्रम , अभिभावक संग ट्राफिक प्रहरी , बिध्यार्थी सङ्ग ट्राफिक प्रहरी लगायतका जनचेतनामूलक कार्यक्रम गर्ने गरेको जानकारी दिइएको छ
त्यसैगरी अस्थायी ट्राफिक प्रहरी पोस्ट सत्तिले सवारीसाधन कार्बाही संख्या ६ सय बाट ४ लाख २४ हजार राजस्व संकलन गरेको र विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply