दार्चुलाका २७ जना व्यापारी ताक्लाकोटका लागि हिँडे

धनगढी साउन २
दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका २७ जना व्यापारीको टोली चीनको ताक्लाकोटका लागि हिँडेको छ । चिनियाँ पक्षको आमन्त्रण पछि व्यापारीको टोली बुधवार त्यसतर्फ गएको हो ।

चिनिया पक्षले बिहीबार देखि नाका सुचारु गर्ने भनेपछि व्यापारीको टोली त्यसतर्फ प्रस्थान गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन् ।

औपचारिक रूपमै कार्यक्रम गरेर दुवै पक्षका अधिकारीहरूले नाका खोल्ने योजना असफल भएपछि अनौपचारिक रूपमै चिनियाँ पक्षको आग्रहमा व्यवसायी त्यसतर्फ प्रस्थान गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी जोशीले बुधवार हिँडेका व्यवसायी बिहीबार ताक्लाकोट पुग्ने बताए । व्यापारीहरूलाई चिनियाँ पक्षले प्रवेश दिएको खण्डमा औपचारिक रूपमै नाका खुला भएको मान्न सकिने उनले बताए ।

यसअघि चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरूको नामावली माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ताक्लाकोट जानको लागि १८७ जनाको पास बनाएको जनाएको छ । कोरोना महामारीका कारण २०७६ सालदेखि तिंकर नाका बन्द रहेको छ ।

यसअघि दार्चुलाको तिंकर नाका सञ्चालनका लागि चीनको तिब्बत (बुराङकाउन्टी) का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको थियो ।

दुई पक्षीय कुराकानीमा असार ११ गतेदेखि नाका सञ्चालन आउने भनिए पनि सुचारु हुन सकेको थिएन । त्यसपछि उक्त मिति असार २६ गतेका लागि तोकिएको थियो । सो मितिमा पनि चिनियाँ पक्षबाट कुनै जानकारी नआएपछि नाका खोल्ने विषयमा अन्योल थियो ।

नेपालबाट चीनको सीमा नाका सम्म पुग्न हिँडेर जानुपर्ने बाध्यता छ । उता चीनले भने टिंकर भञ्ज्याङस्थित–१ नम्बर सीमा स्तम्भ नजिकसम्म सडक निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply