सशस्त्र प्रहरी बल नेपाल नं ३४ ले ५ करोड ९० लाखको अबैध सामान बरामद

धनगढी साउन ३
गणेश क्षेत्री /
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलाली ले आर्थिक बर्ष २०८०/८१ मा ५ करोड ९० लाख २ हजार ८ सय ९८ लाख रुपैयाँ बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ

३४ नं गण का गणपती दल बहादुर पान्डेले सिमा सुरक्षा , सिमामा हुने कुनैपनी अबैधानिक गतिविधि रोक्न सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको बताउनुभयो

भन्सार छली गरेर आएका र बरामद गरिएको सामान ओसारपसार गर्न प्रयोग भएका सवारी साधनमा ट्रयाकटर १, बोलेरो २ , मोटरसाइकल ४६ , स्कुटर १ र अटाेरिक्सा १ थान गरेर जम्म्मा ५१ थान सवारीसाधन र ओसारपसार गर्नमा संलग्न २८ जनालाइ समेत पक्राउ गरेर भन्सार को जिम्मा लगाएको ३४ नं गण का सुचना अधिकारी राजेन्द्र कुवर ले बताउनुभयो

समाजको बिकृति भाइरस को रुपमा रहेको लागू औषध नियन्त्रणमा समेत सशस्त्र प्रहरी सजग रहेको गणपती पान्डेले बताउनुभयो । पान्डेले यो आर्थिक बर्षमा लागू औषध ओसारपसार मा संलग्न १९ जनालाई पक्राउ गरिएको र ती ब्यक्तिहरुबाट १ किलो चरेस , ब्राउन सुगर १२.०७ ग्राम , हिरोईन १.८९ ग्राम , गाँजा २० ग्राम , प्रोक्सवेल ट्याबलेट १६ पिस , ट्रामाडाेल १६ पत्ता , नाइट्राजिपाम २ पत्ता बरामद गरेको बताउनुभयो
त्यसैगरी मानबबेचबिखन तथा ओसारपसार मा संलग्न २२ जनालाई पक्राउ गरिएको र २८ जना चेलिबेटी को उद्दार गरियको ३४ नं गण का गणपतिले बताउनुभयो

सुचनाअधिकारी राजेन्द्र कुवर ले रिवल्भर १ थान र त्यसमा प्रयोग हुने गोलि ६ वटा र २ जनालाई पक्राउ गरेर आवश्यक कानुनी कार्बाही अघि बढाएको बताउनुभयो

भन्सार छली गरेर ल्याएको सामानमा कपडा , हार्डवेयर , मोटरपार्टस , किराना सामान रहेको छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply