वर्षाले डडेल्धुरामा एक घर भत्किएको छ।
अविरल वर्षाका कारण आइतबार बिहान नवदुर्गा गाउँपालिका–५ टाकस्थित हरमतिदेवी विकको दुई तले चार कोठे घर भत्किएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सो घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन्। घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
