सिएफसिसीद्वारा कञ्चनपुरमा पर्यावरण सरक्षणका लागि ३५ हजार बिरुवा बृक्षारोपण

धनगढीः साउन ७
कञ्चनपुर।पर्यावरण सरक्षणका लागि सामुदायिक वन समन्वय समितिले कञ्चनपुरमा साताव्यापी बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । यस बर्ष सामुदायिक वन समन्वय समिति(सिएफसिसी)ले जिल्लामा साताव्यापी बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । वन, पर्यावरण एव बन्यजन्तु सरक्षणका लागि सिएफसिसीले जिल्लाका विभिन्न स्थामा बृक्षारोपण कार्यक्रम गरेको छ । १साउनदेखि शुरु गरिएको बृक्षारोपण अभियान ७ साउनमा समापन गरिएको छ । गत विगतका बर्षहरुमा सिएफसिसीले विभिन्न प्रजातिका बिरुवा आफैले उत्पादन गरेर बृक्षारोपण कार्यक्रम अनुरुप यस बर्षपनि अभियानकै रुपमा संचालन गरेको छ । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले यस बर्ष मात्रै विभिन्न प्रजातिका ३५ हजार बिरुवा लगाएको बताए । अध्यक्ष जोशीका अनुसार जिल्लाका विभिन्न सामुदायिक वनहरुको खाली जमिन, खोला नदी, नालाको कटानी क्षेत्रमा बृक्षारोपण गरिएको छ । वृक्षारोपण अभियानमा युएसएआइडीको विशेष सहयोग रहेको अध्यक्ष जोशीले बताए । बृक्षारोपण सप्ताहमा कञ्चनपुरका ८ सामुदायिक वनमा वृक्षारोपण अभियान सञ्चालन गरिएको बताउँदै अअध्यक्ष जोशीले लालझाडी गाउँपालिकाको कञ्चन सामुदायिक वन, शुक्लाफाँटा नगरपालिकाको भगवती र झिलमिलि सामुदायिक वन, कृष्णपुर नगरपालिकाको उग्रतारा, दिपेन्द्र स्मृति, ग्वासी समैजी, हरियाली र जनहित महाकाली सामुदायिक वनमा वृक्षारोपण गरिएको बताए । वृक्षारोपण सप्ताह अवधिभर रैथाने तथा विभिन्न प्रकारका बोटबिरुवा लगाइएको छ । सोमबार वृक्षारोपण सप्ताहको समापन कृष्णपुर नगरपालिका २ खल्लागोठ वाणीमा रहेको जनहित महाकाली सामुदायिक वनमा वृक्षारोपण गर्दै समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अध्यक्ष अर्जुन सिह साउदले वातावरण जोगाउनका लागि वृक्षारोपण गर्न अतिआवश्यक रहेको बताए । अध्यक्ष साउदले सिएफसिसीले सामुदायिक वन क्षेत्रमा गरेको बृक्षारोपण कार्यक्रमले जैविक विविधतामा टेवा पुग्ने बताए । वन जङ्गल संरक्षण गरेपश्चात् नै पानीका मुहानहरूको पनि जगेर्ना हुने भएकाले वृक्षारोपण गर्नु अति आवश्यक रहेको अध्यक्ष साउदको भनाई छ ।

‘वनजङ्गल कम भएर हरेक वर्ष गर्मी बढिरहेको छ, ‘उनले भने, ‘भएको खण्डमा बाढी आउने गरेर वर्षात भइरहेको छ, वनजङ्गल कम भएरै जङ्गली जनावर र मानिसबीच द्वन्द्व बढिरहेको , तसर्थ पर्यावरण जोगाउन भएकाले वृक्षारोपण अति आवश्यक रहेको छ ।’ वडाध्यक्ष साउदले पर्यावरण जोगाउन सबैले आआफ्नो तर्फबाट लाग्न अनुरोध गरेका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले सामुदायिक वन समन्वय समिति(सिएफसिसी)को बृक्षारोपण अभियानले जिल्लामा थप पर्यावरणमा सरक्षणमा टेवा पुग्ने बताए । सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्टले सामुदायिक वन समन्वय समितिको बृक्षारोपण अभियानले पर्यावरण सरक्षणमा योगदान हुने पुग्ने बताए । क्षेत्रीय वन निर्देशक विष्टले बृक्षारोपण अभियान प्रदेशभरी संचालनमा जोडदिए । सामुदायिक वनका पदाधिकारीले समेत बृक्षारोपण अभियानले वन सरक्षणमा टेवा पुग्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply