गणेश क्षेत्री धनगढी :साउन ८
भजनि नगरपालिका वडा न ५ स्थित श्री माँ शक्ति स्वरुपा आश्रम को सुदुर पश्चिम प्रदेश का माननिय मुख्यमन्त्री दिर्घ बहादुर सोडारी ज्यु द्वारा मन्दिरको उद्घाटन सम्पन्न भएको छ
माँ शक्ति स्वरुपा मन्दिरका संरक्षक स्वामि गजेन्द्र भन्डारीको सभापतित्वमा भएको कार्यक्रम मा सुदुर पश्चिम प्रदेश का माननिय मुख्यमन्त्री दिर्घ बहादुर सोडारी प्रमुख अतिथि रहनुभएको थियो
प्रमुख अतिथि सोडारी ले माँ शक्ति स्वरुपा मन्दिर र स्वामि गजेन्द्र को चर्चा नेपाल मा मात्रै नभएर ईन्डिया मा समेत हुने गरेको र मन्त्री हरु समेत नेपाल मा आएर दर्शन गरेर जाने हुनाले विशिष्ट महत्व राख्ने बताउनुभयो
मन्दिरमा थप आवस्यक पर्ने भौतिक संरचना निर्माण को लागि बजेट समेत निकासा तत्कालै गरिने बताउनुभयो
साथै सोडारीले बाढि ग्रस्त क्षेत्रको समेत निरीक्षण गर्नुभएको र आवश्यक पहल गर्ने बताउनुभयो
सभापति को आसन वाट बोल्दै सभापति भन्डारीले सनातन हिन्दु धर्मको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । लोक हित र लोक कल्याणि कार्यमा सबै सरिक भएमा जगत को हित हुने बताउदै हिन्दु धर्मले मानब मात्रै नभएर बोट बृक्ष देखि लियर पशु पंछिको समेत कल्याण हुने कार्यहरु गर्न अग्रसर हुन प्रेरित गरेकोले हिन्दु धर्मको हिजो आज र भोलिपनि कुनै विकल्प नहुने बताउनुभयो
कार्यक्रम को स्वागत आश्रमका अनुयायी प्रदिप कुमार मल्ल ले गर्नुभएको थियो भने संचालन आश्रम का आजिवन सदस्य टीकाराम भन्डारीले गर्नुभएको थियो
