कृष्णपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेमा भट्ट
गुलरिया २८ साउन २०८१
कञ्चनपुर : मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–६ का ५६ वर्षीय हेमराज चौधरीकाे मृत्यु भएको हो।
पश्चिमबाट पुर्वतर्फ आइरहेको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदल यात्री चौधरीलाई आइतबार दिउँसो ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा चौधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जाेशीले जानकारी गराए । 
चौधरीलाई ठक्कर दिएको सु. प.प्र ०१००९ प ३७७७ नम्बरको मोटरसाइकल र चालक कृष्णपुर नगरपालिका -७ कलुवापुरका राजकुमार राना लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply