जेष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन सकस

धनगढीः साउन १५
नागरिताकाे प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन बेलडाडी गाउँपालिका वडा नम्बर २ का हिडडुल गर्न नसक्ने ७१ वर्षीय श्रीराम राना राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगेका छन् ।

बृद्भत्ता खाना सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका हुनाले ७१ वर्षीय दाजुलाई माेटर साईकलमा राखेर लिएकाे उनका भाई लालसिंह रानाले बताए। छाेराछाेरी, श्रीमती पनि नभएका दाजु दिसापिसाब गराउनमा सहयाेग आफैले गरिरहेकाे बताए।

बेलडाडी गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नारद अर्यालले कानुन अनुसार राष्ट्रिय परिचय पत्र बनाउन पर्ने भएकाेले उहाकाे अबस्था देखेर आफुलाइ दुख लागेकाे बताए।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले नागरिता लिएर आफ्नो कार्यालयमा पठाई दिए तुरुन्त राष्ट्रिय परिचय पत्र बनाइदिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply