पुनर्वास जनता माविको नवनिर्मित प्रशासनिक भवन उद्घाटन

धनगढीः साउन १८
धनबहादुर बिक –
पुनर्वास कै अग्रणी बिद्यालय श्री पुनर्वास जनता माध्यमिक बिद्यालय को नवनिर्मित प्रशासनिक भवनको शुक्रबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
नेपाल सरकार को नमुना बिद्यालय कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरिएको हो ।

पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रशाद शर्माले भवनको मुल ढोकामा रहेको रिबन काटी विधिवत उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले भने पुनर्वास मै नमुनम बिद्यालय स्थापना हुनु अत्यन्तै खुसीको कुरा हो । यस क्षेत्र का अग्रणी शिक्षा प्रेमि नगरपालिका का अघिल्लो जनप्रतिनिधि , आम अभिभावक , बिद्यालय प्रशासन तथा शिक्षकशिक्षिका लगायतको निरन्तर प्रयासले जनता मावि नमुना बिद्यालय स्थापना हुन सकेको मा आफू निकै गौरवान्वित भएको नगर प्रमुख शर्माले बताउनुभयो ।

आगामी दिनमा पनि बिद्यालय लाई आवस्यक पर्ने हरेक बिषयमा नगरपालिका बाट गरिनुपर्ने सहयोग का लागि आफु तत्पर रहेको शर्माले प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ केन्द्रीय आन्तरिक सल्लाहकार , तथा सुदूरपश्चिम महिला जागरण अध्यक्ष शान्ति सिंह शाहीले बिद्यालय बनाउने बिषयमा शिक्षकको मात्रै नभई अभिभावक को पनि उत्तिकै भुमिका रहने कुरामा जोड दिईन । बिद्यालय नमुना भईसकेपछि बाहिरी श्रीङ्गारले मात्रै हुदैन यसका लागि बिद्यालय आन्तरिक अवस्था केकस्ता छन भनेर आम अभिभावक तथा शिक्षाप्रेमि ले बेलाबेलामा चासो लिईरहनुपर्ने कुरामम जोड दिईन ।

उनले आफु आबद्ध संस्था मार्फत आगामी दिनमा बिद्यालय मा शैक्षिक र भौतिक पुर्वाधार बलियो बनाउन फुलवारी तथा करेसावारी तयार कार्यक्रम सुचारु गर्ने समेत जानकारी दिईन ।

सो अवसरमा मा पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामाले बौद्धिक बर्ग उत्पादन गरिने बिद्यालय मा शैक्षिक क्षेत्रमा कुनै पनि प्रकारको नकारात्मक खेलवाड गर्न नमिल्ने आफ्नो भनाइमा जोड दिए । नमुना बिद्यालय मा थप शैक्षिक सुधारका १० बर्षिय २० बर्षिय कार्ययोजना ल्याउनुपर्ने बताउदै नमुना बिद्यालय लाई थप रचनात्मक बनाउन बिध्यार्थि हरूले समेत अनुशासनको पालना गर्नुपर्ने बिषयमा जोड दिए ।

दुई तले भवन को ६ कोठा शौचालय तथा ब्रान्डा रहेको प्रशासनिक भवन निर्माण को ठेक्का १ करोड ८ लाख ५८ हजार २२० रूपैयामा निर्माण गर्ने गरि बेलौरीमा रहेको वासुलिङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले पाएको थियो । २०८० मंसिर १९ गते ठेक्का सम्झौता भई २०८१ असार १५ गते सम्पन्न भई सक्नुपर्ने समझौता मिति अगावै सम्पन्न गरेकोमा निर्माण कम्पनी लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

सो अवसरमा बिद्यालय का आठजना शिक्षकशिक्षिका हरूलाई जनही एक एक थान ल्यापटप समेत प्रदान गरिएको थियो ।
सो अवसरमा बिद्यालय को हालसम्मको चुनौती र प्रगति विवरण प्रतिवेदन प्र अ मानबहादुर तामाङले प्रस्तुत गरेका थिए ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर सायर को अध्यक्षतामा भएको कार्यक्रम मा नगर प्रमुख तोय प्रशाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो भने अतिथि हरूमा पुर्व मेयर जिवनराज थापा , वडा अध्यक्ष , पुनर्वास नगरपालिका श्रोत शिक्षक शिवराज भट्ट , विभिन्न बिद्यालय का प्र अ तथा शिक्षकशिक्षिका , अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम को सञ्चालन शिक्षक कर्ण बहादुर रोकाया ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply