हेमा भट्ट
कञ्चनपुर – कृष्णपुर नगरपालिका स्थित माेहना पुल हुदै राजघाट सडक समयमै नबन्दा धनगढी शहर जाने आउने स्कुल बस् विद्यार्थी, लगायतलाई समस्या हुने गरेको छ ।
माेहनापुल देखि राजघाट सम्म कालोपत्रे बन्ने कृषि सडक निर्माणाधीन रहेको सडक समयमै निर्माण हुन नसक्दा समस्या भएको हो।
वर्षात् शुरु भइसक्दा पनि ठेकेदारले काम नगरेको र सडकका खाल्डामा पानी जमेर हिलाम्मे भएका कारण धनगढी बजार जाने आउने स्कुल बस विद्यार्थीलाई थप समस्या भएको छ ।
गुलरिया बजार देखि राजघाट हुदै धनगढी चटकपुर जाेडने बाटाहरु अस्तव्यस्त अवस्थामा छन् ।