हेमा भट्ट
धनगढी-राष्ट्रिय दलित मुक्ती अभियान जिल्ला कैलालीको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिरा सिंह सार्कीलाई बधाई तथा सम्मान गरेको छ । राष्ट्रिय दलित मुक्ती अभियान जिल्ला कैलालीको आयोजनामा राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसीले आगामी दिनहरुमा सिमित समुदायको मात्र नभइ सम्पूर्ण जनताको अपेक्षा र भावना अनुसार काम गर्न सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सिंह सार्कीलाई
सर्वहारा वर्गका लागि काम गर्न सल्लाह र सुझाव दिए ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सार्कीले आफू सीमित समुदायका लागि मात्रै नभई सम्पुर्ण जनताको हितमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा राष्ट्रिय दलित मुक्ती अभियान कैलाली जिल्ला को आयोजनामा नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सार्की ज्यु लाई अभियान को सम्पुर्ण टिमले बधाई तथा शुभकामनामा अभियान का केन्द्रिय अध्यक्ष प्रेम बिसि, केन्द्रिय सदस्य सुमन देओल, केन्द्रीय सल्लाकार सावित्री घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।