हेमा भट्ट
२०८१ साउन ३१ गते १०:१५
धनगढी : चर्चित पत्रकार एच बी ताम्राकार पिता बनेका छन् । बिहीबार बिहान ९ बजेर ३० मिनेटको समयमा उनलाई दाेस्राे सन्तान पुत्र लाभ भएको हो । उनकी जीवनसाथी यसौदा ताम्राकारले छोरालाई बिहीबार बिहान जन्म दिएकी हुन् । यसौदाले काठमाण्डौको सिनामंगल स्थित KMC हस्पिटलमा छोरालाई जन्म दिएकी हुन् डाक्टरले दिएको समय मै जन्म भएकाले बच्चा तन्दुरुस्त रहेको जानकारी एच बी ताम्राकारले दिएका छन् । पहिलो सन्तान छाेरी र दाेस्राे सन्तान छाेराको बुबा बन्दा आफू निक्कै खुशी भएको बताउँदै एच बी ताम्राकारले अब जिम्मेबारी थपिएको प्रतिक्रिया दिएका छन् । उनले रैकवार खबर दैनिकसँग खुशी साट्दै भने । चर्चित पत्रकार एच बी ताम्राकार र उनको परिवारलाई रैकवार खबर दैनिक परिवारको तर्फबाट हार्दिक बधाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1