सेती प्रादेशिक अस्पतालमा २ लाख २३ हजार बिरामीको वार्षिक उपचार हुँदै

गणेश क्षेत्री
भदौ ३
धनगढी : सुदुर पश्चिम प्रदेश को सेति प्रादेशिक अस्पताल धनगढी मा आर्थिक बर्ष २०८०/८१ मा २ लाख २३ हजार २४ जनाले ओपिडि सेवा लिएको अस्पताल का सुचना अधिकारी किशोर श्रेष्ठले बताउनुभयो
सुचना अधिकारी श्रेष्ठ का अनुसार ३६ हजार ५ सय ९३ जनाले इमर्जेन्सी , १९ हजार १ सय ६७ जना बेड भर्ना ,६ हजार ५८ डेलिभरि,१ हजार ९ सय ६२ अप्रेसन भएको जानकारी दिनुभयो ।
विशेष गरेर मधुमेह , झाडापखाला र मुटुसम्बन्धि बिरामी हरु उपचार गर्न आउने गरेका छन् भने १ हजार ३९ जनाले ए आर टि ( एच आइ भि ) सम्बन्धि औसधि नियमित लिने गरेको अस्पताल का सुपरिटेन्डेन्ट शेर बहादुर कमर ले बताउनुभयो
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शाह ले आफु अध्यक्ष भएपछि २ वटा एम्बुलेन्स , ओपिडि बिस्तार ,ओपिडि बिहान ८ बजेबाट शुरु गरिएको सिटि स्क्यान र एम आर आइ सेवा सन्चालनमा ल्याएको,डाइलाइसिस ५ बेड बाट १७ बेडमा बिस्तार गरिएको , फार्मेसी बिस्तार,ल्याब बिस्तार स्वास्थ्य सेवा बिस्तार ,खानेपानी , शौचालय , पहिलोपटक अस्पतालको बार्सिकोत्सब गरिएको र अझैसम्म अस्पताल लालपुर्जा बिहिन भएकोमा ४ बिगहा जग्गाको लालपुर्जा उपलब्ध भएको बताउनुभयो र बैकल्पिक रुपमा उर्मा मा २० बिगहा जग्गा समेत प्रयोग गर्न सकिने बताउनुभयो
प्रशासन मा कर्मचारी ब्यवस्थापन र सुसासन का साथै समिक्षा , छ्लफल , बैठक लगायत गरिरहेको अस्पताल का अध्यक्ष नर बहादुर शाह ( निर्मल ) ले बताउनुभयो ।


अध्यक्ष शाह ले दुर्घटना पछि तत्कालै उपचार गर्ने ट्रामा सेन्टर , ,मानसिक रोगिहरुको लागि साइक्रेटिक सेन्टर को ब्यवस्था गर्न पहल भइ रहेको बताउनुभयो
त्यसैगरी नेपाल सरकारको ५० सैया , अस्पताल ब्यवस्थापन को ७५ र थप १ सय ७५ वटा सैया अस्पताल ब्यवस्थापन समिति को समन्वयमा प्रदेश सरकार को सहयोगमा सन्चालन भइ रहेको शाह ले बताउनुभयो ।
अस्पतालमा अति गरिब , गरिब , बिपन्न, अपाङ्ग लगायत १८ हजार ४ सय १९ जनालाई निशुल्क उपचार गरिएको समेत अध्यक्ष शाहले जानकारी दिनुभयो
अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट शेर बहादुर कमर ले दरबन्दी १ सय ६ जना को भएपनि २० प्रतिशत कम भएको र नौ वटा जिल्ला बाट उपचार को लागि बिरामी आउने गरेको र ईन्डिया बाट समेत टिभि र ए आर टि लगाएतका रोगको उपचार गर्न आउनाले भिडभाड अत्यधिक हुने गरेता पनि अस्पताल का सम्पुर्ण स्वास्थ्यकर्मि हरुको टाेलि खटियर उपचार गरिरहेको बताउनुभयो।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2097152;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply