पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिको चौथो अधिवेशन धनगढीमा सम्पन्न

हेमा भट्ट
असाेज ५ शनिबार
धनगढी- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखा समितिको चौथो अधिवेशन धनगढी शाखा कार्यालयको सभा हलमा शनिबार सम्पन्न भएको छ ।

अधिवेशनबाट मीन बहादुर कुवरकाे अध्यक्ष सहित ११ सदस्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा नवराज जाेशी, सचिव लालबहादुर चौधरी,सह सचिव अर्जुन कुवर,कोषाध्यक्ष सीता बिष्ट रहेको समिति चयन भएको छ । समितिको सदस्यहरुमा क्रमशः रमेशकुमार चौधरी, लक्ष्मी सिंह,रिता देउवा बम, देवन्ति धामी ठकुल्ला, लक्ष्मी कुवर, उर्मिला कुवर बिष्ट रहेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल राष्ट्रिय ट्रेड केन्द्रीय उपाध्यक्ष सुदूरपश्चिम प्रदेश इन्चार्ज महेश दत्त भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष मीन कुवरले गरेका थिएभने सञ्चालन नवराज जाेशीले गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बिमक समितिका केन्द्रीय उपाध्यक्ष देवीप्रसाद जैसी, पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिका केन्द्रीय सल्लाहकार मदन राज भट्ट , नेपाल लाइफ इन्स्योरेन्स धनगढी शाखाका शाखा प्रमुख गणेश राज अवस्थी, अतिथिमा केन्द्रीय सदस्य जानकी बाेहरा बिष्ट, केन्द्रीय सदस्य नरेन्द्र राज जाेशी, सुदूरपश्चिम प्रदेश बिमक समिति अध्यक्ष धर्मा नन्द पन्त, सुदूरपश्चिम प्रदेश सहसचिव रेशमा राना, प्रदेश समिति सदस्य लक्ष्मी भण्डारी नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत अभिकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो भने सम्पूर्ण अभिकर्ता एक जुट हौं भन्ने मूल नाराका साथ यो संगठनले बीमित र अभिकर्ताका हक हितका कार्यमा काम गर्ने प्रतिबद्धता सहित सम्पन्न भएको सचिव लालबहादुर चौधरी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply